Thursday, January 23, 2014

"आदर्श समाज र प्रगतिशील संस्कृति निर्माणमा समर्पित"
आस्था साँस्कृतिक साँझ
२०७०


साँस्कृतिक प्रस्तुतिहरु

नृत्यहरुः
स्वागत गीत÷नृत्य ः धिमाल नृत्य

अँध्यारोमा जूनकीरीको साथ प्यारो लाग्यो........
स्वर ः रामेश

हामी गाउँछौं हाम्रो गीत............
शब्द ः सुरेन्द्रराज गोसाईं
संगीत ः राजेश हाडा

शहिद बने कम्युनार्डहरु..............
रचना ः नीरज लवजू
संगीत ः विनोद विक

अँधेरी रातमा हि“डिरहनेहरु..............
रचना ः अमोद उलक
संगीत ः कपिल सुजखू

नृत्य नाटिकाः
कठिनाईहरुदेखि रुने जीवन........ 
रचना ः कार्ल माक्र्स
संगीत ः सुलोचना छ्वाजू

नाटकः

रुसी साहित्यकार एन्टोन चेखोभको ‘द विअर’ एकांकीको नेपाली रुपान्तरण

च्यातिएको नोटकापी
लेखन ः नीरज लवजू

प्रहसनः
चोर माननीय
लेखन ः रमेश प्रजापति

गीतहरुः
जीवनका घुम्तीहरुमा लक्ष्य नभुल्नू..........
रचना ः नीरज लवजू
संगीत ः पुरुषोत्तम सुवाल

नाम हौ तिमी भावनाको....................
रचना ः अमोद उलक
संगीत ः सुलोचना छ्वाजू

हस्तक्षेप रोक.........
रचना÷संगीत ः विनोद विक

Tuesday, December 31, 2013

आस्था सान्स्कृतिक परिवारको प्रस्तुती 
आस्था सान्स्कृतिक साँझ २०७० को 
लोगो 

Saturday, December 28, 2013

आस्था साँस्कृतिक साँझ बिगतमा 






आस्था साँस्कृतिक साँझ २०७०

नमस्कार,

“आदर्श समाज र प्रगतिशील संस्कृति निर्माणमा समर्पित” यस आस्था सांस्कृतिक परिवारले विगत १० वर्षदेखि निरन्तर गर्दै आएको आस्था सांस्कृतिक साँझको १०औं श्रृंखला आगामी माघ १७ र १८ गते अरनिको सभाभवनमा हुने जानकारी गराउन पाउँदा हामी ज्यादै हर्षित छौं ।

कला र संस्कृतिलाई समाजका केही सीमित वर्गले केवल मनोरञ्जन र अश्लीलताको अर्थमा बुझिरहेको परिवेशमा आस्था सांस्कृतिक परिवारले आफ्नो स्थापनाकालदेखि नै प्रगतिशील कला र साहित्यकै माध्यमबाट नेपाली समाजमा देखापरेका सामाजिक, राजनीतिक, साँस्कृतिक विकृति–विसंगति, आर्थिक असमानता, वर्गभेद, अन्धविश्वासविरुद्ध लडिरहेको छ । प्रगतिशील कला, साहित्य र संस्कृतिले मात्र साँचो अर्थमा देश, जनता र समाजको सेवा गर्न सक्छ भन्ने कुरामा हामी विश्वास राख्दछौं ।
नेपाली समाज आफै कला र संस्कृतिमा धनी छ । त्यसकारण ‘जनताबाट सिक र जनतालाई देऊ ।’ भन्ने उक्तिलाई आत्मसात गर्दै आस्थाले सदैव नेपाली समाजका लोक कला र संस्कृतिकै माध्यमबाट जनताहरुलाई सचेत बनाई सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्ने अभिभारा बोक्दै आएको छ ।
भक्तपुरकै परिवेशमा पनि गाईजात्रा, तीज, दशैं, तिहारजस्ता पर्वहरुको अवसरलाई उपयोग गरी विभिन्न गीत, नृत्य, नाटकको माध्यमबाट विकृतिहरुलाई उदांग्याउने र जनताहरुलाई सचेत बनाउने काम गर्दै आएको कुरा सर्वविदित्तै छ ।
देशमा विदेशी शक्ति केन्द्रहरुको हस्तक्षेप बढ्दो छ । विभिन्न असमान सन्धि सम्झौता गरी नेपालका स्रोत, साधनमा कब्जा जमाउन खोजिरहेको भारतीय विस्तारवादले पछिल्लो समय नेपालको सांस्कृतिक क्षेत्रमा पनि अतिक्रमण गर्न थालेको छ । भानुभक्त र देवकोटा जस्ता नेपाली साहित्यकारहरुको जन्मजयन्तीहरु समेत भारतीय पुस्तकालयहरुमा आयोजना गरिनु, केवुल नेटवर्कहरुमा भारतीय च्यानलहरुको प्रभुत्व हुनु नेपालका सांस्कृतिक क्षेत्रमा गरिएका अतिक्रमणका केही उदाहरणहरु हुन् । स्वतन्त्र र सार्वभौम देशमाथि भइरहेका यी र यस्ता अतिक्रमण तथा हस्तक्षेपहरुको विरुद्ध आस्था सदैव संघर्षरत छ । 
आस्था सांस्कृतिक साँझको १० औं श्रृंखला पनि वैदेशिक हस्तक्षेपविरुद्धको जनचेतना अभियानको एउटा कोसेढुंगा हुने कुरा जानकारी गराउन पाउँदा हामी गौरवको महसुस गरिरहेका छौं । हाम्रो यो अभियानलाई भविष्यमा पनि निरन्तर अगाडि बढाउन यहाँहरु सबैको न्यानो माया र सहयोगको अपेक्षा गर्दछौं ।
धन्यवाद ।

सृजना सैंजू
अध्यक्ष
२०७० पुस १४ गते, आइतबार